प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भयो : कांग्रेस नेता शेखर कोइराला

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु नै गल्ती भएको बताएका छन् ।

आज (आइतबार) कांग्रेस संस्थापनइतर समूहको बैठकमा बोल्दै कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु नै गल्ती भएको बताएका हुन् ।

बैठकमा नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । कोइरालाले बैठकमा भने, ‘सभापतिलाई तटस्थ बसौ भनेर प्रस्ताव गर्दा त्यसको सुनुवाई नभएको समेत उनले बताए । आफूले भनेको कुराको सुनुवाई हुनुको साटो बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको थियो ।’

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियाे। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो ।’