एकीकृत समाजवादी र जसपाबीच एकता होला ? के गर्दैछ कार्यदल ?

0
Shares

कठमाडौ. । नेकपा (एकीकृत समाजवदी) र जनता समाजवादी पार्टी (सजपा) नेपालबीच एकता हुने भएको छ ।

एकीकृत समाजवादी र जसपाबीच एकताका लागि गठित वार्ता समितिले कार्यदल गठन गरी एक अर्काको दस्तावेज अध्ययन गरिरहेको छ ।

शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुवै पार्टीबीचका समानता र असमानता पहिल्याएर आगामी बैठकमा पेस गर्ने छ ।

कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।