आज सोनाम ल्होसार : तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

0
Shares

काठमाडौ । सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेर मनाउँदै छ । आज (आइतबार) उक्त समुदायले नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँदै आएका छन् ।

देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिएको हो ।

पर्साका १४ पालिकामध्ये ठोरीमा मात्रै तामाङ समुदायको बाहुल्यता रहेकोले विदाको दिइएको बताइएको छ ।