निजी घर जग्गामा डोजर चलाएर सडक विस्तार गर्न लागेको भन्दै आपत्ति

0
Shares

काठमाडौं । काठमाडौं महानगर र वरपरका नगरहरुले नगरबासीको निजी घर र जग्गामा डोजर चलाएर सडक विस्तार गर्न लागेको भन्दै आपत्ति जनाउन आन्दोलनको घोषणा गरिएको छ । आज (बिहीबार) उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले एक सूचना जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

उक्त संघर्ष समितिले काठमाडौं महानगर र वरपरका नगरहरूले केही दिनदेखि गैरन्यायीक तरिकाले निजी घर जग्गामा सडक विस्तार गर्न अनधिकृत डोजर चलाई आतंकित पार्ने काम भईरहेको प्रति आपत्ति जनाउन विरोधको कार्यक्रम गरिने बताएको छ ।

संघर्ष समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यका र विशेष गरि काठमाडौं महानगर र वरपरका नगरहरूले केही दिनदेखि गैरन्यायीक तरिकाले नागरिकको निजी घर जग्गामा सडक विस्तारका नाउँमा अनाधिकृत डोजर चलाई आतंकित पार्ने काम भईरहेको प्रति आपत्ति जनाउन यहीँ माघ १५ गते दिउँसो २ बजे माईतिघर मण्डलामा जम्मा होऔं ।’