लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ


काठमाडौं ।

अबैध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका १७ गर्रा चोकस्थित घोराही तुलसीपुरबाट ३७ ग्राम २९ मिलिग्राम अवैध लागु  ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बाँकेको राधापुर वडा नं १ कोहलपुर नगरपालिका २ बस्ने ३६बर्षीय उमंग बहादुर शाही र देश भारत बहराईच चकियारोड रुपैडिहा बस्ने ५२ बर्षीय समसुललाई संकास्पद अवस्थामा हिडेर आउँदै गरेकाे देखेपछि साेध्पुछ गर्दा उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेकाे हाे । पक्राउ परेका माथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।