राजधानीमै जटिल दुर्घटना, संघर्षपूर्ण उद्धार कार्य

डेढ घण्टा सुरक्षा निकाय नै अलमलमा थियो आगो देखेर

0
Shares

पोखरा । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा दुईको अवस्था गम्भीर छ । माघ १ गते दुर्घटना भए पनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ ।

पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्याएको सेती खोंचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात विमानमा आगलागी भयो । आगलागी भएको करिब एक डेढ घण्टा सुरक्षाकर्मी कसरी आगो निभाउने भन्ने दोधारमा परे । पोखरा ७ तर्फबाट शुरूमा दमकल लगियो । त्यहाँबाट त्यति सम्भव नभएपछि दमकल कुद्दै सेती पारी पुगी फोहोरा हान्न थाल्यो । खोँचको कप्चेरामा परेकाले आगो नियन्त्रणमा लिन समेत समय लाग्यो ।

पहिलो दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिसको संयुक्त प्रयासमा ६२ शव अस्पताल लगियो । दोस्रो दिन ८ शव अस्पताल लगिएको छ । हालसम्म ७० शव अस्पताल लगे पनि ७० नम्बरको शवको अवस्था भने फरक छ । क्षतविक्षत अवस्थामा रहेको उक्त शव हराएका तीनै जनाको समेत हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले घटनालगत्तै घटनास्थलमा पुगे पनि उद्धार गर्न भने केही ढिलाइ भएको बताउनुभयो । आगो दनकिएर बलेका कारण नजिक जान नसक्दा समयमै उद्धार गर्न नसकिएको उहाँको भनाइ थियो ।

करिब डेढसय देखी दुई सय मिटरको खोँचमा विमान खसेको हो । घटनास्थल कस्तो छ भने लगभग लगभग दुई सय मिटर सेतीको खोँचको तल जहाज बज्रिएर टुक्राटुक्रा भएको अवस्थामा आगोको मुस्लो निस्किएको र धूवाँ नै धूवाँ भएको अवस्था थियो । आगो निभाउन नै हामीलाई हम्मेहम्मे पर्ने अवस्था भयो । डेढ घण्टाजति हामी त्यसै अलमलमा परेका थियौं’, उहाँले भन्नुभयो– ‘त्यहाँ दमकल जान सक्ने स्थिति नै थिएन । समस्या थियो । मुस्किलको ठाउँ थियो ।’

‘पहिलो दिन हामीले ६३ वटा लास अस्पताल लग्यौं । दोस्रो दिनमा बिहान ६ बजेदेखि नै खोज तथा उद्धारको काम गरेका थियौं त्यो दिन चाहिँ हामीले सात वटा शव ल्याएर ७० वटा पु¥यायौं । उहाँले थप्पनुभयो– ‘७० नम्बरको लासको चाहिँ के हो भन्दा त्यो ठाउँमा अलि छरिएको अवस्थामा लास थियो । एकै ठाउँमा थिएन । अलि टाढा टाढा तिन वटा पार्टहरू भेटिएको छ । त्यो पार्ट एकै व्यक्तिको हो या तिन जनाको हो थाहा छैन तर पनि हामीले खोजको काम जारी राखेका छौं । हिजो एउटा ड्रोन प्रयोग गरेका थियौं भने आज चार वटा ड्रोनको प्रयोग गरेका छौं ।’

यता कालिका गणका प्रमुख विजय केसीले उद्धार कार्य निकै कठिन रहेको बताउनुभयो । ‘हामीले घटना भएको थाहा पाएको १० मिनेटभित्र दुर्घटनास्थलमा पुगेका थियौं । हामी मात्रै होइनौं नेपाली सेना र नेपाल पलिसको टोलीसमेत पुगेको थियो । हामीसँग जति स्रोत साधन थियो त्यसले काम गरेकै हो’, उहाँले भन्नुभयो– ‘हामीसंग सीमित स्रोत साधन थियो । नेपाली सेनाको पनि उत्तिकै थियो र हामीलाई रेडक्रसले पनि सहयोग गरेको थियो । शुरूमा आगो बलिरहेको थियो त्यहाँ जाने स्थिति नै थिएन ।’

४८ शव काठमाडौं लगियो, २३ शवको पहिचान हुन सकेन

पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २३ जनाको सनाखत हुन सकेको छैन । ७२ जना सवार यति एयरको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था अझै अज्ञात रहेको छ । भेटाएका मध्ये २२ शवको पोखरामा पोस्टमार्टम हुँदै आफन्तलाई बुझाइएको छ । सनाखत भएका २५ र सनाखत नभएका २३ शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ । शरीरका सबैभाग पूर्ण रूपमा जलेका कारण २३ शवको पहिचान हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार चालक दलका तीन जनको समेत सनाखत भएको छ ।

पोखरामा परीक्षण हुने पहिचान भएका शवहरू

पोखरामा राखिएका २२ शव मध्ये तिनवटा बाहेक अन्य शव आफन्तलाई बुझाइएको छ । पोखरा १३ मियापाटनका वर्ष २७ का सदाकत अली मिया, पोखरा ११ फुलबारीका (३७) त्रिभुवन पौडेल, पोखरा ११ काहुँडाडाका (२८) निशान्त आचार्य, पर्वत कुश्मा न.पा. ९ कटुवा चौपारीकी अन्दाजी ११ वर्षकी प्रसिद्धी पौडेल सोही स्थानका (३९) पूर्ण बहादुर गुरुङ, पोखरा १७ छोरेपाटनकी (४७) जीवन कला गुरुङ, पर्वत कुश्मा न.पा. ९ कटुवा चौतारीका (४६) अरुण पौडेल, पोखरा १० बुद्धचोकका (२२) पुजन राना, पोखरा ७ जनप्रिय मार्गकी (२४) एसमिन गुरुङ, बाग्लुङ बडिगाड गाउँपालिका ३ की (२०) निरा छन्त्याल, पर्वत मोदी गाऊँपालिका १ का (३९) विजय कुमार गुरुङ,

पोखरा ८ बगाले टोलका (३७) शिव कुमार गुरुङ, पोखरा २२ का (३४) रक्की गुरुङ, पोखरा १९ बाटुलेचौरकी (५१) लक्ष्मी पौडेल, बागलुङ गलकोट न.पा २ की (२१) वन्दना सुनार, पोखरा १७ की (२३) संगिता शाही, पोखरा ९ नागढुंगाका (५३) शालिकराम आचार्य, नवलपरासी (पूर्व) कावासोती न.पा.६ का (३५) मोहन प्रकाश श्रेष्ठ, पोखरा ८ बगालेटोलकी (२३) अनुसा गुरुङ, पोखरा १० की (६७) ओममाया गुरुङ, रूपन्देही तिलोत्तमा न.पा. ४ का (३७) गणेश थापा, माछापुच्छ«े गाउँपालिका २ भुजुङखोलाकी (४३) सिता गुरुङ ।

सनाखत भई काठमाडौं लगिएकाहरू

कोरियन नागरिक क्युङच्युल र सांग्योन यु, रसियन नागरिक युरी ल्यागिन र एलेना वन डुरो, फ्रान्सेली नागरिक अलेक्जेन्ड्रे इसिडोर, भारत विहार सितामणीका (२७) संजय जैसवाल, रूपन्देही मुर्गियाकी यति एयरलाईन्स प्रा. लि. को विमान परिचारिका सिर्जना हुन्चुङ्ग, चितवन माडी ८ अयोध्या पुरीकी एयरलाईन्स प्रा.लि परिचारिका ओसिम आले, कास्की रूपा गाऊँपालिका ३ का एयरलाईन्स प्रा. लि.का क्याप्टेन कमल के.सी., काठमाडांै १५ स्वयम्भुकी (१६) लक्ष्मी परियार, (३८) रिता परियार र (४२) हरि परियार, पर्वत विहादी ५ की (६०) जमुना शर्मा, पोखरा ४ का (३८) शुशील श्रेष्ठ, (३६) सोना दिवाकर र १० महिनाको सरबिन श्रेष्ठ, बागलुङ न.पा १ रामरेखाकी (५५) सिता कुमारी खड्का, पर्वत कुश्मा १ का १० महिने शिशु रियान पौडेल, काठमाडांै टोखा १ की (२२) रचना काफ्ले, पोखरा १ बगरका (३६) अनिल शाही, पोखरा ३ नदीपुरका (४४) राजुसिंह ठकुरी, कन्चनपुर भीमदत्त ४ का श्लोक भट्ट र सुस्मा पाण्डे, पोखरा ३० खुदीका (४२) लवराज तिमल्सिना र पोखरा २५ हेम्जाका (५६) का जितेन्द्र बहादुर कुँवर रहेका छन् ।