स्वास्थ्यमन्त्री गिरीले पदभार सम्हाले लगतै गरे कान्तिको अवलोकन

0
Shares

काठमाडौ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले शपथ ग्रहण गरे लगतै मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गरे लगत्तै मन्त्री गिरी नेपालकै एक मात्र कान्तिबाल अस्पताल पुगेर अस्पतालको अवलोकन गनुभयो ।

मन्त्री गिरीले बालबालकालिकाको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी कान्तिबाल अस्पताल पुगेर सिधै आकस्मीक कक्ष हुँदै आईसीयु, पुराना भवन, बिरामी कुरुवा घरको अवलोकन गर्नुभयो । अवलोकनकै क्रममा मन्त्री गिरीले बिरामी र बिरामी कुरुवाहरुसँग समेत कान्ति अस्पतालको स्वास्थ्य सेवाका बारेमा जानकारी लिनुभएको थियो ।

सोही अवसरमा कान्ति अस्पतालका कार्यकारी निर्देशक युवानिधि बस्यौलालगायत अस्पताल प्रशासनको टीमसँग झण्डै एक घण्टा अस्पतालको अवस्थाको बारेमा बिस्तृत जानकारी लिनुभयो । अस्पतालका निर्देशक बस्यौलाले अस्पताल भवन, जनशक्ति, उपकरण लगायतका विविध समस्या तथा अभावका कारण सेवा चुस्त दुरुस्त राख्न कठीनाई भएको जानकारी गराउँनुभयो ।

उहाँले डिपिआर सम्पन्न गरी योजना स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा गएर फाईल रोकिएको बिषयमा जानकारी गराउँदै आगामी दिनमा काम गर्न सहज वातावरण बनोस भन्ने अपेक्षा राखेको बताउँनुभयो । अस्पताललाई चुस्त दुरुस्त राखी सेवा दिनका लागि आवश्यकता अनुसारको जनशक्ति, उपकरण, डिपिआर स्वीकृत, नयाँ भवन, पानीको सुविधालगायत समस्याका बिषयमा जानकारी गराईयो । पदवहाली भएकै दिनमै बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न आउँनु खुशीको कुरा भएको डा.बस्यौलाले बताउँनुभयो ।

डा.बयौलाले कुरुवा घर ३० जनाको क्षमताको अत्यन्तै जिर्ण अवस्थामा रहेको र अस्पतालको पिउने पानी, भवन अभाव, पुराना सामानको व्यवस्थापन गर्ने स्थानको अभाव लगायतका अस्पतालको तत्काल गर्नुपर्ने कामका बारेमा स्वास्थ्य मन्त्रीलाई जानकारी गराएको नेपाल समाचारपत्रलाई जानकारी गराउँनुभयो ।

कान्ति बाल अस्पताललाई स्तर बृद्धि गरि ५ सय बेडमा विस्तार गर्नका लागि डिपिआर सहितको योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पास भै अर्थ मन्त्रालयमा पठाएको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी गराउँदै उहाँले कान्ति अस्पतालको नाम लिँदा शिर उचो हुन्छ भन्नुभयो ।