कास्की।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ।
सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो । अझैँ एक जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।











प्रतिक्रिया