पाेखरा विमान दुर्घटनामा हराएका शव नभेटिएपछि घटाइयो सेती नदीको पानी


पोखरा ।

पोखरामा आइतबार भएको जहाज दुर्घटनापछि हराएका शव खोज्न सेती नदीको पानी घटाइएको छ । तेस्रोदिन सम्म शव नभेनिएपछि खोज्नका लागि पानी घटाइएको हो ।

सेतीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा डाइभर्ट गरिएको हो । पानी घटाएर गोताखोर सहित ड्रोनको सहायताले खोजी थालिएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।