पाेखरा विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सका विज्ञ टोली नेपालमा

0
Shares

काठमाडौं ।

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । मंगलबार एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

विज्ञ टोली आजै पोखरा पुगिसकेको छ अधिकारीले जानकारी दिए । सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ ।

साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।