काठमाडौँ।
नवनियुक्त उपप्रधान एवं ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण हुन्।
पदभार ग्रहण गर्ने क्रममा उनले ५ वर्षे नीति बनाएर काम गर्ने बताए।
५ वर्षे नीति बनाउन कार्यदल गठन गर्ने उनले पहिलो निर्णय समेत गरे। उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका हुन्।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको उपप्रधानमन्त्री लिङ्देनले बताए।
उनले मन्त्रालयकै सहसचिवको नेतृत्वमा कार्यदल हुने र योजनाबद्ध ढंगले काम गरियो भने मात्रै त्यसले ठोस परिणाम प्राप्त गर्न सक्ने बताए।
एउटा योजना र रणनीति निर्माण गर्न यो काम उपयुक्त हुन्छ भनेर कार्यदल गठन गरेको उनको भनाई छ।











प्रतिक्रिया