सुदूरपश्चिमका सभामुखद्वारा पदभार ग्रहण, बोलाए सर्वदलीय बैठक

0
Shares

धनगढी।

सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पदभार ग्रहण गरेका छन्। मंगलवार भण्डारीले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरेपछि पदभार सम्हालेका हुन्।

उनी नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

सभामुख भण्डारीले पदभार सम्हाले लगत्तै सर्वदलीय बैठक पनि बोलाएका छन्।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी छलफल हुने जनाइएको छ। भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।