सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

0
Shares

धनगढी ।

तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् ।

उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो ।भण्डारीले २९ मत प्राप्त गरेका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए ।

यसअघि पहिलाे चरणमा रावललाई सभामुख पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावकाे पक्षमा २० र विपक्षमा २८ मत परेकाे थियाे । कांग्रेसका दिवानसिंह, गिता चाैधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत कम पाएका थिए भने माओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा भण्डारीकाे पक्षमा २८ मत परेकाे थियाे ।

सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएकाे थियाे । त्याे दिन भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा मतदान दाेस्रो चरणमा गएकाे थियाे ।

३० पुसमा पुन: भएकाे मतदानमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बाेलाएका थिए तर साेमबार राष्ट्रिय शाेकका कारण बैठक स्थगित गर्दै मंगलबार ताेकिएकाे थियाे ।