राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्री हुनेको नाम, तोसिमा कार्की स्वास्थ्य र शिशिर खनाल शिक्षामन्त्री

0
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ ।

सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा.कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो । रास्वपाले सत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ । उसले सोविता उप्रेती वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।