यी हुन् एमालेबाट मन्त्री बन्नेहरू (सूचीहरू)

0
Shares

काठमाडौ. । नेकपा (एमाले)ले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ । एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री छन् ।

हिजो (सोमबार) बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो ।

उक्त सहमति अनुसार एमालेबाट मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै जना एमालेका फ्रेस अनुहार हुन् ।