माओवादी केन्द्रबाट को–को बन्दैछन् मन्त्री ?

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्रलीले सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंग्याए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले पाएका तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन् ।

शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।