बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

0
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आज (मंगलबार) दिउँसो साढे १२ बजे उनले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावबारे छलफलका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए ।