एटीआर विमानमा त्रुटि छैन

0
Shares

काठमाडौं । सरकारको आदेशपछि आन्तरिक उडानमा रहेको विभिन्न विमान कम्पनीले सञ्चालन ल्याएको एटीआर विमानको प्राविधि जाँच गर्दा कुनै पनि एटीआर विमानमा प्राविधिक त्रुटि नरहेको पाइएको छ ।

सरकारले नेपालमा सञ्चालनमा रहेका विमानहरू सुरक्षित नरहेको भन्ने व्यापक रूपमा जनआवाज उठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका सबै एटीआर विमानको प्राविधिक परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको जनाएको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । सरकारको निर्देशनपछि प्राधिकरणका निरीक्षकहरूले सबै एटीआर विमानको परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित विमान कम्पनीले सञ्चालनमा ल्याएका सबै विमानहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डमा सबै विमान कम्पनीहरू सञ्चालनमा ल्याएका जहाजहरू रहेको पनि उहाँले जानकारी दिनुभयो ।