लुम्बिनी प्रदेशसभाकाे सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता


बुटवल । 

लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता रहेका प्रदेश सभा सचिवालयका सचिव पुनले जानकारी दिए। नेपाली कांग्रेसले भने दिउसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।