रूपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (आइतबार) दिउँसो मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खेटेको प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया