नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित रामकृष्ण भण्डारीले लेखेको ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा थापाले भूतपूर्व प्रधानमन्त्रीहरुले राजनीतिको अखडा बनाएको भन्दै टिप्पणी गरेका हुन् ।

‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो । कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनुभएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो’ उनले भने, ‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो ।’