प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेट भएको थियो । उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको बाताइएको छ।

प्रधानमन्‍त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए। प्रतिनिधि सभामा उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए। दुई जना नेताहरूले भने उनको विपक्षमा मत दिएका थिए।