मधेस प्रदेशमा सभामुखको उमेदवारी दर्ता आज

0
Shares

जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि उमेदवारी दर्ता हुने भएको छ । आज (शनिबार) बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको हो ।

सभामुखको लागि दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आजै दिउँसो ३ः३० बजे प्रशकाशन गरिने निर्वाचन तालिकामा उल्लेख छ ।

नेकपा (एमाले)ले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ । केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ ।

सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् । दलहरुले प्रस्ताव गरेका नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने बताइएको छ ।