धनकुटा।
धनकुटाको सिधुवा बजारमा भीषण आगालागी भएको छ।
छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा शुक्रबार साँझ आगो लागेको हो।
वडाअध्यक्ष दिपक गुरुङले आगलागी नियन्त्रण बाहिर रहेकाले धनकुटा नगरपालिका र लालिगुराँस नगरपालिकाको दमकल मगाइएको बताए।
आगलागीबाट चार घर जलेर पूर्णरूपमा क्षति भएको र बजारका घरहरु जोखिममा रहेका छन्।
आगलागीको कारण खुल्न सकेको छैन।











प्रतिक्रिया