सत्तारूढ दलहरूको बैठक जारी, बैठकको एजेण्डा- मन्त्रिपरिषद्को पूर्णता

0
Shares

काठमाडौं । सत्तारूढ दलहरूको बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो ।

बैठक बिहान ११ बजेबाट शुरु भएको छ । मन्त्रिपरिषद्को पूर्णता तथा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाउने बैठकको एजेण्डा रहेको छ । सत्तारूढ दलहरूबीच कसलाई कतिवटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ ।

उक्त सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर आजै अन्तिम रूप दिने तयारी छ ।