सेना प्राड विवाक सेमिनार सम्पन्‍न

0
Shares

काठमाडौँ।

सेना प्राड विवाक स्थापनाको ६० औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नु भयो ।

सैनिक न्याय प्रणाली सम्बन्धी ज्ञान अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ विगत केही बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको यस बर्षको प्राड विवाक सेमिनार पुस २६ गते शुरु भारको थियो।

समापनको अवसरमा प्रमुख अतिथि कायममुकायम प्रधान न्यायाधिश हरिकृष्ण कार्की र प्रधान सेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नल २०७९ को संयुक्त रुपमा विमोचन गर्नुभयो ।

कार्यक्रमको दौरान सैनिक विशेष अदालतका पूर्व अध्यक्ष तथा सदस्यहरु र सेना प्राड विवाकका अवकाश प्राप्त रथीवृन्दहरुलाई कायममुकायम प्रधान न्यायाधिश कार्की र प्रधान सेनापति महारथी शर्माले सम्मानित गर्नुभयो ।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधिशहरु, माननीय महान्यायाधिवक्ता, उच्च अदालतका माननीय कायममुकायम मुख्य न्यायाधीश तथा पूर्व मुख्य न्यायाधीश, उच्च अदालतका माननीय बहालवाला तथा भूतपूर्व न्यायाधीशहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरु, बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्कालगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा सेना प्राड विवाकका पूर्व रथीवृन्दहरुको समेत उपस्थिती रहेको थियो ।