७० बर्षको उमेरमा नागरिकता

0
Shares

रामेछाप ।

जिल्ला प्रशासन कार्यालय रामेछापले ७० बर्षीय बृद्धलाई नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी शोभाकर रेग्मीले बिहीबार उमाकुण्ड गाउँपालिका ७ का लाल बहादुर सुनुवारलाई नागरिकता दिनु भएको हो ।

५० बर्ष अगाडी ईन्डिया पुगेका सुनुवार घरेलु कामदारकोे रुपमा काम गदैै आएका थिए । सुनुवारका श्रीमती र चार छोरा छोरी छन् । दुबै दम्पतीको अहिलेसम्म नागरिकता नबनाए पनि छोरा छोरीको जन्मदर्ता तथा नागरिकता लगायत परिचयपत्रका लागि बाबु आमाको नागरिकता अनिवार्य चाहिने भएकाले नागरिकता बनाउन आएको सुनुवारले प्रतिक्रिया दिनु भयो ।

नागरिकताका लागि वडाको सिफारीस,प्रहरी मुचुल्का लगायत कागजी प्रकृया पुर्याउनै दुई महिना भन्दा बढी समय लागेको बताउनु भयो । बगमती प्रदेश सभा सदस्य तारानाराण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी लगायतको सहयोगमा नागरिकता पाएको भन्दै सुनुवारले खुशी ब्यक्त गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले लामो समय ईन्डिया बसेर आएकाले उतैको परिचय खुल्ने कागजात भए नभएको एकिन गरी सनाखत गरी प्रकृयागत रुपमा नागरिकता दिन ढिलाई भएको बताउनु भयो ।

बगमती प्रदेश सभा सदस्य श्रेष्ठले दु:ख पाएका नगारिकले आफूलाई सम्झिने गरेको र सकेको सहयोग आफ्नो तर्फबाट गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । सुनुवारलाई नागरिकता दिलाउन संसाद श्रेष्ठले समेत सनाखतका लागि हस्ताक्षर गर्नु भएको छ ।