एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

0
Shares

काठमाडौं ।

महोत्तरीबाट निर्वाचित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ मा

सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट संघीय संसद्मा विजयी हुनुभएको थियो । यता नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयबाट

लिखित निर्देशन आइनसकेको जानकारी दिनुभयो । उहाँले बुधबार सार्वजनिक बिदा परेका कारण निर्देशन आउन ढिला भएको हुन सक्ने दाबी गर्नुभयो ।