तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना

खोकना बाधक

0
Shares

वीरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।

२०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।

सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताउनुभयो । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीव्र रूपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिनुभयो ।

कोरोनाका कारण ठेक्का लगाउन केही ढिला भएपनि अहिले भने काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

खोकना बाधक

दुर्तमार्ग निर्माणका क्रममा अन्य ठाउँको मुआब्जासम्बन्धी समस्या समाधान भएको भए पनि ललितपुरको खकनामा विवाद उत्पन्न हुँदा भने सेनालाई काम गर्न कठिन भइरहेको सेनाका अधिकारीहरूले बताएका छन् ।

प्राविधिक रूपमा खोकनाको बिकल्प खोज्न सकिने अवस्था नभएको कारण खोकनाबासीले अब अल्झाउन पर्ने आवश्कयता नभएको र खोकनाको समस्या समधान नहुँदा सेनाले मार्ग निर्माणका लागि आवश्यक पर्ने सामानहरू ल्याउन भने निकै कठिन भइरहेको बताएका छन् ।

खोकनासहितको समस्या अन्य स्थानमा नभए र अन्य समस्या नभए सेनाले तोकिएको सममया नै यो मार्ग बनाउन समक्ष रहेको नेपाली सेनाका अधिकारीहरुले बताएका छन् ।