काठमाडौं ।
समाजसेवी कमलाकार्की स्मृति प्रतिष्ठानले महिलाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत सामाजिक संस्था रेणुका दुलाल स्मरण प्रतिष्ठानलाई .एक लाख एक रुपिया सहित सम्मान गरेको छ । ब्राईट फ्युचर स्कुलका संस्थापक निर्देशक मोहनकुमार कार्कीकी आमा स्वर्गीय कमला कार्कीको आठौ स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रतिष्ठानलाई रकम र सम्मनपत्र सहित सम्मा गरिएको हो ।
प्रतिष्ठानले उठेर सितार बनाई विश्व रेकर्ड कायम गर्ने सीतामैँया राजचल, द राइजिङ नेपालकी पत्रकार मञ्जिमा ढकाल, राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी , चनपा १४ नं. वडाकी ९८ वर्षिया जेष्ठ महिला नागरिक चनमाया र वडा नं. १५ की १०१ वर्षकी पम्फादेवी कटुवाल सहित ५ जनालाई जनही १५ हजार एक रुपिया सहित सम्मान गरिएको छ ।
पुर्व प्रदेश प्रमुख एवं माइती नेपाली अध्यक्ष अनुराधा कोइरालाले सबैलाई नगद सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कोइरालाले आमाको नाममा स्थापित प्रतिष्ठानले गरेको सम्मान महत्वपुर्ण रहेको बताउनुभयो । संसारकै सबैभन्दा ठुलो र ममतामयी आमाको नाममा अक्षयकोष स्थापना गरी समाजसेवमा गरेको योगदान अतुलानीय रहेको बताउदै सन् २०१० की सिएनएन हिरो समेत रहनुभएकी कोइरालाले यो सम्मानले जेष्ठ नागरिक र समाज विकासमा सहयोग गर्ने नारी र संस्थाको कदर भएको बताउनुभयो ।
प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार सम्मान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभयो । उहाले भन्नुभयो–हामी सम्मान कार्यक्रमलाई हरेक वर्ष निरन्तर जारी राख्नछौ । कार्यक्रममा साहित्यकार एवं पत्रकार डा. नवराज लम्साल, डा. सुवास घिमिरे, सांसद रामकृष्ण चित्रकारले आमाको महत्वमाचर्चा गर्नुभएको थियो । कार्यक्रममा कमला कार्कीकी नाति मोहित कार्कीले आमाको विषयमा गायन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया