मोटरसाइकल चोरी गर्दागर्दै युवक पक्राउ

0
Shares

वीरगन्ज।

पर्सा प्ररहीले वीरगन्जमाबाट मोटरसाइकल चोर्दाचोर्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको कोल्हवी नगरपालिका ७ का २० वर्षीय भुवन चौधरीलाई मोटरसाइकल चोर्दा चोर्दै पक्राउ गरिएको हो ।

रौतहट वृन्दावन नगरपालिका १ घर भई हाल वीरगन्ज महानगरपालिका १२ बस्ने अजय कुमार यादवको प्रदेश २–०३–०१२ प २६३८ नम्बरको मोटरसाइकल वीरगन्ज महानगरपालिका १२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर डो¥याएर लैजाँदै गर्दा चौधरी पक्राउ परेका हुन् ।

चौधरीले उक्त मोटरसाइकल लग्दै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले होहल्ला गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चौधरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको थियो । चौधरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।