महिला सैन्य आधार तालिम सकियो

0
Shares

धादिङ।

श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनीमा संचालित ९ महिने महिला सैन्य आधार तालिम सम्पन्न भएको छ। श्री नम्बर ६ बाहिनी अड्काको ४२ औँ वार्षिकोत्सबको अबसरमा सम्पन्न तालिममा सहभागी ९४ महिलाहरुको अन्तिम दलेल कवाज प्रदर्शन गरिएको थियो ।

अन्तिम दलेल कवाज तथा वार्षिकोत्सवको श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रामचन्द्र कार्कीले निरिक्षण गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

श्री नम्बर ६ बाहिनी अड्डामा पहिलो पटक संचालित महिला आधार तालिमका प्रमुख अतिथी सहायक रथी रामचन्द्र कार्कीले तालिमे सैनिकहरुबाट सलामी ग्रहण गर्दै जस्तोसुकै विषम परिस्थीतिमा पनि हर हमेसा देश र जनताको सेवामा कटिवद्ध रहनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्रता, सर्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकतारक्षाका लागि नेपाली सेना प्रतिवद्ध रहेको बताउँदै आवस्यक पर्दा राष्ट र जनताका लागि प्राणकोआहुति दिन समेत नेपाली सेना तयार रहेको बताउनुभयो ।

तालिमको अबसरमा सर्वोत्कृष्ठ हुने रुकुम जिल्ला रुकुमकोट गाउँपालिका ५ की सैन्य सविना थापामगरलाई खुकुरी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

महिला सैन्य आधार तालिमको अन्तिम दलेल कवाज निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राकेश सिंह, श्री नम्बर ६ बाहिीनि अड्डाका महासेनानी तथा सहायक बाहिनीपति गेहेन्द्र मल्ल ठकुरी लगायतको सहभागिता रहेको थियो । तालिमे महिला सिपाहीहरुलाई मूल पुरोहितले सपथ खुवाउनुभएको थियो ।