भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स खुल्यो



काठमाडौँ।

नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै नयाँ लाइसेन्सका लागि अावेदन खुलाएकाे छ । भुक्तानी सेवा प्रदायक र सञ्चालक कम्पनीका लागि ८० करोड रुपैयाँसम्म पुँजी तोकेर लाइसेन्सको आवेदन माग गरेको हो ।

हालसम्म नेपाल राष्ट्र बैंकबाट १० वटा भुक्तानी सेवा प्रदायक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुले अनुमति लिएर सञ्चालनमा छन् । राष्ट्र बैंकले यी कम्पनीहरुको न्यूनतम पुँजी १ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म तोकेको थियो । नयाँ कम्पनीलाई लाइसेन्सको बाटो खुलाउँदै हाल तोकिएको चुक्ता पुँजी समेत ५ गुणासम्मले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्