करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु


पोखरा।

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।