नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा

0
Shares

नेपालगन्ज।

बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् । काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।