धादिङमा दुई माइको बस ठोक्किँदा २२ जना घाइते

0
Shares

धादिङ।

धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइको बस ठोक्किँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा३ख ६१६४ नम्बरको माइक्राेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।