मदिरा व्यवसायीमा शुद्धीकरण जरुरी रहेको अध्यक्ष शेर्पाको जोड

0
Shares

बुटवल।

मदिरा व्यवसायीको पेशामा शुद्धीकरण जरुरी रहेको स्वयम व्यवसायीहरुले औँल्याएका छन् । शनिवार बुटवलमा भएको मदिरा व्यवसायी संघ, रुपन्देहीको १४ औ वार्षिक साधारण सभाको उदघाटन समारोहमा बोल्ने व्यवसायीले व्यवसायमा केही गलत ब्यक्तिका कारण समग्र पेशा धरापमा परेको गुनासो गरेका छन् ।  समारोहमा नेपाल मदिरा व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायले कारोबार अनुसार समयमा कर तिर्ने, कागजपत्र सही ढंगले राख्ने हो भने कुनै समस्या नआउने औँल्याउनु भयो ।

केन्द्रीय अध्यक्ष शेर्पाले सरकारप्रति औला ठड्याउने भन्दा पनि पेशालाई शुद्धीकरणतर्फ लाग्नुपर्ने सुझाव दिर्नु भयो ।
म कुरो कम, काम धेरै गर्नेमा विश्वास गर्छु’– उहाँको कथन छ ,व्यक्ति र विचार दुवै सही हुनुपर्नेमा जोड निु भयो । पेशामा ईमान्दार नहुँदा आफ्नो दैनिकी नै मुद्दा मामिला र कारोबार मिलाउने मात्र बनेको भन्दै पेशाको शुद्धीकरणमा सबैले जोड दिन शेर्पाले आग्रह गर्नु भयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत जग्गुलाल खनालले सरकारबाट लिइएको लक्ष्य प्राप्त नगरेको कारण अनुगमन अघि बढाउन बाध्य भएको बताउनु भयो । राज्य आर्थिक कठिनाइमा रहेको र लक्ष्यभन्दा कम प्राप्ति भएको हुँदा सरकार बाध्य भएर कर कानुनको पालना गराउन लागेको दाबी गर्नु भयो छ । मदिरा उद्योगसंग करको सरोकार राखिने हुँदा पनि अनुगमनलाई कडाइ गरिने बताए । मदिरा अवैध र अन्तःशुल्कको स्टिकर अवैध जस्ता दुवै प्रकारको समस्याहरु देखिएको बताउनु भयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्था स्थापनाको मूल उद्देश्य अनुसार अघि बढेको भन्दै मदिरा व्यवसायी देशभरिकै अब्बल संस्था भएको दाबी गर्नु भयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, महासंघका केन्द्रीय महासचिव तारानाथ ढुङ्गाना लुम्बिनी मदिरा व्यवसायी संघका अध्यक्ष गिरिराज पौडेल पुर्व अध्यक्ष खिम बहादुर खत्री संघका महासचिव किशोर पन्त, सल्लाहकार दिनेश कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूसंघका अधयक्ष कृष्ण गौगमले देशमा आर्थिक तरलता र मन्दीको कारण समस्या सबै क्षेत्रमा रहेकोले उधारो बिक्री वितरण रोक्न जरुरी रहेको औँल्याएका थिए ।