ई सेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको लोकप्रियता बढ्दो

हरेक दिन देश तथा विदेशबाट नेपालीहरु अभियानमा जोडिँदै

0
Shares

काठमाडौँ।
विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स्  भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल  रेमिट्यान्स् कम्पनी ई सेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ ।

वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि ई सेवा मनी ट्रान्सफरले यो अभियान सुरु गरेको थियो । हाल यस अभियानमा विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम बढ्दो छ । यो अभियान आगामी चैत्र ६ गतेसम्म सञ्चालनमा रहने छ ।

यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको ई सेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नुहुनेछ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स ई सेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ ई सेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नुहुनेछ ।

“आर्थिक विकास बिना कुनै पनि राष्ट्र समुन्नत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्ति नै महत्त्वपूर्ण हुने  हुनाले ई सेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको हो । मेरो डिजिटल देश अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन यस अभियानले मद्दत पुर्‍याउने ई सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाको भनाइ छ ।

यस अभियानमा महानायक राजेश हमाल पनि जोडिनुभएको छ । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाउनुभएको छ । उहाँले केही दिन अघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गई यस अभियानको प्रवर्धन गर्नुभएको थियो । यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहनुभएको छ । सोही क्रममा उहाँले हालसम्म हरेक महिना पाइने आकर्षक उपहार अन्तरगत दुई जनालाई घरसम्मै पुगेर आकर्षक उपहार समेत प्रदान गरिसक्नुभएको छ ।

ई सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई सेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ई सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।