सशस्त्र प्रहरी जवान महत मस्याङ्दी नदीमा बेपत्ता



काठमाडौं।

सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन् ।

भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका-४ काभ्रेभिरबाट बेपत्ता भएका हुन् ।

उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा बाटोमा गाडी रोकेर ओलिएका थिए। ग१ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मस्याङदी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्