फिलिपिन्समा बाढीमा परेर १३ जनाको मृत्यु, २३ वेपत्ता



एजेन्सी । 

भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ ।  केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् । पीडितमध्ये अधिकांश माझी भएका हुन  सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् । बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ । वेपत्ताको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्