बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

0
Shares

नुवाकोट।

महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ ।

आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।