ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० घाइते

0
Shares

एजेन्सी।

दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा अन्य ५० जना घाइते भएका छन् ।

इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो ।

नत्लाडीले भने, “अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको छ । घटनामा छ जना अग्निनियन्त्रक घाइते भएका छन् । उनीहरूको अवस्था स्थिर रहेको छ ।

घटनाबारे अनुसन्धान सुरू गरिएको उनले बताए । प्रवक्ताका अनुसार ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी समाचार तयार गर्दासम्म प्राप्त हुन सकेको छैन ।