जापानमा कोभिड सङ्क्रमण बढेसँगै टोकियो क्षेत्रको स्वास्थ्य प्रणाली ‘हाइ अलर्ट’



 जापान। 

जापानको टोकियो महानगर सरकारले कोभिड सङ्क्रमण बडेसँगै बिहीबार सेप्टेम्बर ८ पछि पहिलो पटक चार-स्तरीय स्केलमा चिकित्सा तयारीको लागि आफ्नो सतर्कतालाई उच्च स्तरमा बढाएको छ ।
जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख ५० हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख ५० हजार जना सङ्क्रमित थपिएका हुन् । कोभिड–१९ का गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको र थप स्वास्थ्यकर्मीहरू भाइरसबाट सङ्क्रमित भएका वा नजिकको सम्पर्कमा आएकाले राजधानीमा चिकित्सा सेवा प्रणाली जोखिम पूर्ण अवस्थामा भएको अधिकारीहरूले बताएका छन्।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् ।

महानगरीय सरकारले आफ्नो कोभिड-१९ सङ्क्रमण सतर्कता स्तरलाई चार-स्तरीय मापनमा दोस्रो उच्चमा राखेको छ।

ओसाका, कानागावा, साइतामा, लगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण ३ सय बढीको मृत्यु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्