शीतलहरले जनजीवन प्रभावित

0
Shares

वीरगन्ज।

अघिल्लो हप्तारदेखि सुरु भएको शितलहरले पर्साको वीरगन्जसहित यस आसपासका जनजीवन कष्टकर बनाएको छ । बाक्लो हुस्सुसँगै चिसो हावा चलिरहेकाले जाडो अत्यन्त बढेको छ । यस वर्ष ढिलोगरी मधेश प्रदेशमा शितलहर सुरु भएको हो ।

अत्यधिक जाडोले बालबालिका तथा वृद्धवृद्धालाई सास्ती भएको छ । भिजिबिलिटी कम भएकाले सवारी चालकहरुलाई सवारी चलाउन अप्ठेरो भइरहेको छ । तातो पेय चिया कफी तथा न्यानो कपडा र ब्ल्यांकेट आदिको बिक्री पनि बढेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरका ३२ वटै वडामा सार्वजनिक स्थलमा बटुवा तथा सर्वसाधारणलाई राहत दिन आगो ताप्ने दाउराको व्यवस्था गरेको जनाएको छ ।

भिजिविलिटी कम हुँदा हवाई सेवा पनि प्रभावित भएको छ । शीत लहर बढेसंगै बृद्धबृद्धा र बालबालिकहरु बढी प्रभावित भएका छन् ।

नारायाणी अस्पताल वीरगन्जका चिकित्सक उदय सिंहले चिसोका कारण अस्पतालमा बिरामीहरुको चाप पनि बढेको बताउनुभयो । उहाँले चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने र प्रशस्त झोलिलो खानेकुरा खान सुझाउनु भएको छ ।