अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु



काठमाडौँ।

बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

२ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाउँदा भारतीय नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यादवमाथि बाराको गढीमाई नगरपालिका २ बरियारपुर भुतही पुल नजिकै शुक्रबार साँझ  गोली प्रहार भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्