मधेसमा महिला हिंसा न्यूनीकरण चुनौतीपूर्ण



काठमाडौं ।

मधेस प्रदेश अन्तर्गत सर्लाहीमा गएको १६ महिनामा १६७ वटा महिलामाथि घरेलु हिंसा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांकले देखाएको छ। त्यसमध्ये सबैभन्दा बढी कुटपिटका घटना देखिका छन् ।

घरेलु हिंसामा बढी दलित समुदायका महिला पीडित भएका छन्।त्यस्तै १६ महिनाको अवधिमा ४९ वटा बलात्कारको घटना घटेको प्रहरीले जानकारी दिएको छ। बलात्कार हुनेमा १३ दलित समुदायका छन् बाकी गैर दलित समुदायका छन्।पछिल्लो समय महिला र बालिकाहरु पारिवारिक तथा नातागोता बाटै बलात्कार हुने गरेको छ। त्यसैगरी गएको वर्ष १ जान माथि बोक्सीको आरोपमा कुटपिट र समुदायबाट दुव्र्यवहार भएको बताएको छ।

यस वर्ष बोक्सीको आरोपमा कोही माथि कुटपिट तथा दुव्र्यवहार नभएको बताएको छ। केही वर्ष अघि बोक्साबोक्सीको आरोपमा ज्यानै गएका घटना पनि भएका थिए। तर,पछिल्लो समय समुदाय स्तरमै दलित र गैर दलित बीचमा हुने विभेदका घटना बढेका छन् ।त्यसमा पनि महिला माथि नै जातीय विभेद र दुव्र्यवहार बढी हुने गर्दछ। सरकारले पछिल्लो समय समुदाय स्तरमा महिलाको पहुँच पुग्ने गरि लैङ्गकि सशक्तीकरण जस्ता महिला मैत्री कार्यक्रम संचालन गरिएको भएपनि ग्रामीण बस्तीका महिलासम्म अझै पुग्न सकेको छैन ।

सर्लाहीको महिला माथि हुने गरेका सोषण धेरै जस्तो घरभित्रै बाट आफन्ती बाट हुने गरेको लालबन्दी नगरपालिका १५ निवासी चम्चुरि कामिको भनाइ रहेको छ ।महिला छोरि भएकै कारण जन्मेको दिनदेखि नै दमन शोषणमा बाच्नु पर्ने तराईका महिलाहरुको बाध्यता रहेको उनको भनाइ छ ।केहिदिन अघि घरबाटै सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ यो अभियान संचालन भइरहेको छ ।

नोभेम्बर २५ देखि सुरु हुने यो अभियान अन्तर्गत १६ दिनसम्म विभिन्न चेतना मुलक कार्यक्रम गरि मनाईएको छ। लौङ्गिक समानता र महिला माथि हुने हिंसा अन्त्यका लागि यो अभियान संचालन हुने गर्छ । समावेशी समानता र महिला सशक्तीकरण वृद्धि गराउँने मुख्य उदेश्यका साथ अभियान संचाल भइरहेको हरिपुर नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका संयोजक सुधा काफ्लेले बताउनुभयो। समावेशी समानता र सशक्तीकरणका जती कुरा गरेपनि लैंगिक हिंसाको चपेटामा सबैभन्दा बढी नारी नै पर्ने गरेका छन्।

सामाजिक परम्पराको नाउँमा होस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नारीमाथि विभेद हुने गरेको महिला अधिकारीको क्षेत्रमा कार्यरत अधिकारकर्मी मन्दिरा आचार्यको भनाइ छ। आचार्य भन्नुहुन्छ सामान्य परिवारमा विभेद हिंसा देखिने खालको हुन्छ भने सम्भ्रान्त परिवारमा नदेखिने र त्यो भन्दा ठूलो विभेद हुने गर्छ, हामीले विभेद देखाउने समुदायको मात्र लेखाजोखा गर्ने गछौ। अलि सम्भ्रान्त परिवारका घर भित्र हुने हिंसा र विभेद बाहिर आउँदैन, जुनदिन त्यो बाहिर देखिन्छ यो कल्पना गरेभन्दा ठुलो खालको खतारा हुन्छ।अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ,यही अभियानको बीचको धेरैको बिवाहा भयो । त्यहाँ सोचे भन्दा बढीको दाईजोमा मोलतोल भएको छ, तर बाहिर भने त्यो आएन। त्यो नै ठुलो विभेद हो।

मानिसलाई प्रविधिले गतिसिल बनाएसँगै आकाङ्क्षा पनि बढ्दै गएको पाइन्छ।त्यही महत्त्वाकांक्षाको कारण महिलामाथि थप हिंसा र विभेद हुने गरेको पाईन्छ। पछिल्लो समय मानवीय महत्त्वाकांक्षा बढ्दैजाँदा दाइजोको माग पनि बढेको छ।नगद सुन चाँदी पशुचौपाय जग्गाजमिन दाइजो दिने पुरानो चलन परिवर्तन हुदै अहिले दाईजोले आधुनिकताको रुप लिएको छ । परम्परागत दाइजो भन्दा अहिलेको दाइजो निकै महगो हुने गरेको देखिन्छ ।

दाईजोमा पहिले नै दुल्हा पक्षबाट सुनको सिक्री महङ्गो मुल्यका कार जीपको माग हुने गरेको छ। दुलही पक्षले भनेजति दाईजो नदिएको कारण दुलाहा पक्षले नवदुलही माथि शारीरिक तथा मानसिक दबाब दिने देखि क्रूर हिंसा समेत गर्ने गरेका छन् । दाईजोको कारण महिला माथि हुने हिंसा अन्त्य गर्न संघी सरकार प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न चेताउनी र जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्।

तर,अभियान सदरमुकाम केन्द्रीकृत भएर गाउँ देखि समुदाय स्तरमा नगएको कारण सोचे अनुसारको परिणाम नआएको पत्रकार महासंघ सर्लाहीका पूर्वअध्यक्ष कृष्ण एस्मालीको बुझाइ छ। महिला विरुद्ध हुनेका हिंसाका विशेषताहरू पनि फरकफरका छन । महिला माथि, बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, प्रजननमा जबर्जस्ती, लिङ्ग पहिचान गरेर महिला शिशुको भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हुने हिंसा, जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह , बेचबिखन आदि हुन । पछिल्लो समय भूगोलको आधारमा पनि फरकफरक हिंसा हुने गरेको पाईन्छ ।

महिला माथि मदिरा सेवा गरि इच्छा विपरीतको शारीरिक सर्म्पर्क गर्ने ,गर्भधारण गराउने, गर्भपतन गराउने जस्ता हिंसालाई बाहिरबाट सहजै पत्ता लगाउन सकिदैन । शारीरिक रुपमा अङ्गभङ्ग हुने गरि गरिएका कुटपिट वा यातानालाई मात्र समाजले सजिलोसँग देख्ने भएकाले हिंसाको रुपमा लिने गर्छन् ।

धेरै घटनाहरु माथि उल्लेखित खालका हुने गरेका भएपनि चेतनाको अभावमा त्यसता हिंसा बाहिर सजिलैसँग आउँदैन । पछिल्लो समय वैदेशिक रोजगारीले पनि केही हिसा सिर्जना गरेका छन् । पारिवारिक रुपमा हुने सम्बन्ध बिच्छेदका घटना अहिले बढ्दै गएका छन्। त्यस कारण आत्माहत्या , एक्लोपन र मानसिक समस्य महिलामा बढेको पाइन्छ । यसबाट पनि महिलाहरु बढी पीडित हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ।

महिला हिंसा न्यूनीकरणमा अन्य प्रदेशको तुलनामा मधेस प्रदेशले अपेक्षा अनुसारको उपलब्धि हासिल गर्न सकेको छैन। मधेसमा महिला हिंसा न्यूनीकरण अभियान निकै चुनौतीपूर्ण रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । देशमा महिला मैत्री कानूनको व्यवस्था भएपनि महिला हिंसाका घटना नघट्नुले तराई मधेसमा समाधानको पाटो निकै चुनौतीपूर्ण रहेको बुझाई छ।

महिलामैत्री कानुन बनेर कार्यान्वयनमा आउँदा समेत घटनामा खासै कमी नआउनु कै लागि चुनौती हो । त्यही कारण मधेस प्रदेशमा कार्यान्वयन पक्ष फितलो रहेको बुझाइ छ। स्थानीय पालीकाहरुले महिला सहभागीता र समुदायमा महिलाको पहुँच स्थापित गर्ने उदेश्यले संचालन गरिका धेरै कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठन थालेको समाजिक अभियान्ता रजनीकान्त झाले बताउनुभयो।

उहाँले अधिकार स्थापित गराउने उदेश्यले भन्दा पनि लाभ लिने उदेश्य त्यसताका कार्यक्रम संचालन हुने गरेको बताउनुभयो। समाजमा महिला माथि धार्मिक, साँस्कृतिक र परम्परागत रुपमा हिंसा हुने गर्दछ। त्यस्ता हिंसा घरपरिवार समाज र आफ्नबाट हुने भएकाले बाहिर सजिलोसँग देखिदैन।त्यसता हिंसा बिरुद्धमा समाज परिवार लाग्नुपर्ने महिला अधिकारको क्षेत्रमा लाग्नेहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्