ढुंङखर्कमा बस दुर्घटना : ४ जनाको मृत्यु


काभ्रे ।

काभ्रे बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक यात्रु वाहक बस बेथानचोकको गणेशस्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

पनौतीको सल्लेबाट बेथानचोक ४ मा रहेको च्यासिङखर्कमा आयोजना भएको छेवरमा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

बा ३ ख ४३८५नम्वरको बस ढुंखर्कबाट तीव्र गतिमा आउदा अनियन्त्रित भएर पीच सडकमा नै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका २५ जनाको बनेपास्थित सिरमेमोरियल र धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

थप विवरण आउन बाँकी छ।