प्रधानमन्त्री मोदीको ज्यान मार्ने अभिव्यक्ति दिने कांग्रेस नेता पक्राउ

0
Shares

एजेन्सी, नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद अभिव्यक्ति दिएको भन्दै मध्य प्रदेशका कांग्रेस नेता राजा पटेरियालाई प्रहरीले पक्राउ गरेको छ । राजालाई आज (मंगलबार) विहान प्रहरीले पक्राउ गरेको हो ।

हिजो (सोमबार) सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । एउटा भाइरल भिडियोमा नेता राजा पटेरियाले पाटीृ कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ, मोदीलाई मार्न तयार हुनुहोस् ।’

उनको यो अभिव्यक्ति दिएपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो ।