स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

0
Shares

भक्तपुर।

मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मूलपानीबाट बाडे आउँदै गरेको बा७६प ९०३५ नम्बरको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार दुर्घटनापछि घाइते श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए ।

स्कुटर चालक सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-७ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षीय पाल्दने लामालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।