सुदूरपश्चिममा कांग्रेसबाट समानुपातिकमा को-को परे ? (नामावलीसहित)

0
Shares

धनगढी।

नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।

जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।

बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ।

को के र कहाँबाट ?
थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २

दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १

खसआर्य
मधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३

सरस्वती खड्काः डडेल्धुरा

जुना दानीः बाजुरा

डम्बरी महराः कैलाली क्षेत्र नम्बर ५